logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, १४.७३६८ प्रतिशत लाभांश पारित

    नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, १४.७३६८ प्रतिशत लाभांश पारित

    676
    SHARES
    नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, १४.७३६८ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित भएको छ।

    साथै आर्थिक वर्ष (आव) २०७९।८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावद्धारा पारित गरेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ७ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved