logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • पत्रकार बिक्रम सुनारकाे स्वरमा ‘निगाली झाँपो’ सार्वजिनक

    पत्रकार बिक्रम सुनारकाे स्वरमा ‘निगाली झाँपो’ सार्वजिनक

    767
    SHARES
    पत्रकार बिक्रम सुनारकाे स्वरमा ‘निगाली झाँपो’ सार्वजिनक

    काठमाण्डौ । आर्थिक क्षेत्रका सक्रिय पत्रकार बिक्रम सुनारको ‘निगाली झाँपो’ बोलको गीत बजारमा आएकाे छ । चर्चित गायिका प्रिति आले मगर र सुनारको स्वरमा रहेको उक्त गीत शनिबार सार्वजिनक भएकाे हाे ।



    अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगितक क्षेत्रमा सक्रिय रहँदै अाएका सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् । गायन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली गित ‘निगाली झाँपो’ ल्याएको गायक सुनारले बताए । उनका अनुसार यो मौलिकपनसहितको गीत हो ।

     

    ‘निगाली झाँपो’ को लय तथा शब्द सृजना कलाकार भुवन बिकेको रहेको छ । गीतमा भुवन बिकेले नै संगीत संयोजन गरेका छन् । ‘निगाली झाँपो’को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिनेछ ।

     

    गीतको. म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायाङ्कन सुमन थापा र भिडियो सम्पादन विकास थापाले गरेका छन् ।


    अर्थ चौतारी
  • आइतबार, ९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved