काठमाण्डौ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पछिल्लो आर्थिक वर्षमा आफ्नो हलमा धेरै व्यापार गर्ने फिल्म, निर्माता र वितरकलाई अवार्ड दिएको छ। आइतबार एक कार्यक्रमबीच पछिल्लो आर्गिक वर्ष क्यूएफएक्सका हलमा टिकट विक्रीका आधारमा सर्वाधिक कमाइ गर्ने ५ फिल्मलाई अवार्ड दिइएको थियो।
ग्रस कलेक्सनको आधारमा सर्वाधिक कमाउने फिल्महरु महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डनले अवार्ड जिते। सबै फिल्मका कलाकार, निर्माता र निर्देशक अवार्ड समारोहमा पुगेका थिए। उदाहरणीय कामगरेवाफत ‘बोक्सीको घर’ की अभिनेत्री तथा निमात्री केकी अधिकारीलाई प्रदान गरिएको थियो।
त्यसैगरी, क्यूएफएक्समा धेरै कमाइ गर्ने ५ वितरण कम्पनीलाई पनि अवार्ड दिइएको थियो। क्रमशः एप्पल इन्टटेनमेन्ट, ए–एट् डिष्ट्रिब्युसन, ब्याकंटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएन पछिल्लो आर्थिक वर्षमा क्यूएफएक्सका चेनमा धेरै कमाउने वितरणमा कम्पनी हुन्।
एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसनलाई क्यूएफएक्सको विज्ञापन योगदान गरेवाफत अवार्ड दिइयो। क्यूएफएक्स सञ्चालन कम्पनी क्वेस्ट इन्टरटेनमेन्टका निर्देशकहरू नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दिले अवार्ड प्रदान गरे। कोरोनाका कारण रोकिएको यो अवार्ड समारोहलाई पुनः निरन्तरता दिइएको हो।
क्यूएएक्सकी प्रबन्धक तृप्ति गिरीले दुई दशकभन्दा बढी समयदेखि क्यूएक्सले फिल्ममार्फत नेपाली समाजलाई मनोरञ्जन र आफूहरूले गुणस्तरमा सेवा दिँदै आएको सुनाइन्। अहिले देशभर क्यूएक्सका १७ हलमा ४० स्क्रिनहरू सञ्चालनमा छन्।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times