logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योती लाइफले गर्यो सम्मान

    उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योती लाइफले गर्यो सम्मान

    0
    SHARES
    उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योती लाइफले गर्यो सम्मान

    काठमाण्डौ । सुर्यज्योती लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको छ। कम्पनीको पोखरा शभागृह चोक शाखाले गत आर्थिक बर्ष २०८०/ ८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको हो ।

    पोखरा शभागृह अन्तर्गत रहेर मासिक निक्षित प्रोत्साहन रकम प्राप्त गर्न सफल २३ जना, सिइओ क्लब सदस्यः ३ जना (सरला अचार्य, लोक कुमारी क्षेत्री , दिलिप गुरुङ्ग) , चियरम्यान क्लब सदस्यः ३ जना (शकुन्तला गुरुङ, बबि गुरुङ, बिनम गुरुङ), एमडीआरटी १ जना (बबि गुरुङ), मासिक उत्कृष्ट कार्य गर्ने १२ जना, स्टार एजेन्सी म्यानेजर ३ जना (सरला अचार्य, बबि गुरुङ ,शकुन्तला गुरुङ), बिभिन्न सिजन प्रादेशिक, राष्ट्रिय स्किम जित्न सफल ५ जनालाई सम्मान गरेको हो ।

    त्यस्तै, बार्षिक प्रथम प्रिमियममा प्रथम हुने बबि गुरुङ्ग ,दोस्रो हुने बिनम गुरुङ्ग र तेस्रो हुने नारायण थापा, बार्षिक टीम बिजनेसमा प्रथम हुने शकुन्तला गुरुङ, दोस्रो हुने बबि गुरुङ्ग र तेस्रो हुने सरला अचार्यलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

    त्यस्तै, आफ्नो टीम बाट बर्ष भरिनै उत्कृष्ट गर्ने सरला अचार्यलाई विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रममा अन्नपूर्ण क्षत्रीय प्रमुख मीन बहादुर जीसीले कम्पनी, शाखा र बीमा क्षत्रको बर्तमान अवस्था र भाबी रणनीतिका बारेमा उपस्तिथित सबैलाई प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा प्रदेश प्रमुख रामजि बराल ,शाखा प्रमुख हिरा पहारी र सेल्स एक्जुकेटिभ बिबेक त्रीपाठीले पनि आफ्ना भनाई राखेका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, ११ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट