logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • लघुवित्तमा बचत रकम लिन गएकाले उठाए कम्प्युटर र कागजपत्र, १२ जना नियन्त्रणमा

    लघुवित्तमा बचत रकम लिन गएकाले उठाए कम्प्युटर र कागजपत्र, १२ जना नियन्त्रणमा

    351
    SHARES
    लघुवित्तमा बचत रकम लिन गएकाले उठाए कम्प्युटर र कागजपत्र, १२ जना नियन्त्रणमा

    काठमाण्डौ । काभ्रेपलाञ्चोकमा लघुवित्तका बचतकर्ताहरूले संस्थाको कागजपत्र र कम्प्युटर नै लिएर हिँडेपछि प्रहरीले पक्राउ गरेको छ। भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित रहेको विन नेपाल लघुवित्त वित्तिय संस्थामा करिब २०–२२ जना व्यक्तिहरूले संस्थाका आधिकारिक कर्मचारीसँग भेट हुन नपाएपछि संस्थाका कागजपत्र र कम्प्युटर नै बोकेर हिँडेका हुन्।



    बा १८ च १०५१ नम्बरको बोलेरो गाडीमा संस्थाबाट कागजातसहितका सामग्री बोकेर हिँडेको सूचना पाएपछि प्रहरीले बीच बाटोबाटै नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार, उनीहरूले आफ्नो बचतकर्ता फिर्ता पाउनुपर्ने र आधिकारिक व्यक्तिसँग समस्याबारे सुनाउनुपर्ने माग राखेका थिए। यद्यपि, व्यक्ति नभेटिएपछि उनीहरूले कार्यालयका सामग्री नै बोकेर हिँडेको प्रहरीले जनाएको छ।

    मंगलबार दिउँसो प्रहरीले बीच बाटोबाटै उनीहरूलाई पक्राउ गरेको थियो। बुधबार दिउँसो जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उनीहरूविरुद्ध उपद्रव कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

    पक्राउ पर्नेहरूमा काभ्रे खानिखोला गाउँपालिका १ बस्ने वर्ष ४० को भक्त बहादुर ब्लोन, चौरीदेउराली गाउँपालिका ८ बस्ने वर्ष ४२ की कमला माझि, भुम्लु गाउँपालिका १० बस्ने वर्ष ५९ की कान्छी माया तामाङ, भुम्लु गाउँपालिका १० बस्ने वर्ष ६० की इन्दु कुमारी खरेल, पनौती नगरपालिका १२ बस्ने वर्ष ३४ की प्रिया खत्री, चौरीदेउराली गाउँपालिका ३ बस्ने वर्ष २८ की रमा चौलागाई, भुम्लु गाउँपालिका १ बस्ने वर्ष ४४ की निल कुमारी लुईटेल, चौरीदेउराली गाउँपालिका ३ बस्ने वर्ष ६० की गंगादेवी चौलागाई रहेका छन्।

    त्यस्तै, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ बस्ने वर्ष ४० की सरू दाहाल, वडा नम्बर ९ बस्ने वर्ष ४० की रूपा पोखरेल, वडा नम्बर ९ बस्ने ४२ की हिरा शाही, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ बस्ने वर्ष ५५ की गोमा खत्रीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।


    अर्थ चौतारी
  • बुधबार, १२ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved