logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • रविलाई गगनले भने- ९ मिनेटमा सकिन्छ भनेको बयान ९ घण्टा दिनुपर्‍यो

    रविलाई गगनले भने- ९ मिनेटमा सकिन्छ भनेको बयान ९ घण्टा दिनुपर्‍यो

    182
    SHARES
    रविलाई गगनले भने- ९ मिनेटमा सकिन्छ भनेको बयान ९ घण्टा दिनुपर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन् ।

    उनले आफूहरूसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए । उनले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताए ।

    उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न पनि उनले आग्रह गरे ।

    महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताए ।


    अर्थ चौतारी
  • बिहिबार, १३ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट