logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

    मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

    546
    SHARES
    मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

    काठमाण्डाै । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाण्डौलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भूमा रहेका Quick Response Team (QRT) लाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पन्जा हस्तान्तरण गरेको छ ।



    उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् । स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुलाई चेकिङ्ग गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो ।


    आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक तथा आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई बित्तीय सेवा प्रदान गरिरहेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १४ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved