logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • साताको सेयर बजार : १४५ अंकको करेक्सन

    साताको सेयर बजार : १४५ अंकको करेक्सन

    13
    SHARES
    साताको सेयर बजार : १४५ अंकको करेक्सन

    काठमाण्डौ । यो साताको चार दिन सेयर बजारको कारोबार भयो । अघिल्लो साताको अन्तिम दिन ६ अंकको वृद्धि भएको बजार यो साताको पहिलो दिन नै ७९.८८ अंकले घट्न पुग्यो । आइतबार परिसूचक २८९४ बिन्दुमा पुगेर कारोबार रोकियो । सोमबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन ।

    मंगलबार बजारमा भारी करेक्सन देखियो । १११.९६ अंकले बजार घट्दै परिसूचक २७८२.६० बिन्दुमा झ¥यो । बुधबार कारोबारको अन्तिम समयमा आएर बजारमा झिनो अंकको वृद्धि भयो । त्यो दिन ३.८० अंकले परिसूचक उक्लियो । साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले बजार करेक्सनमा गयो । तीव्र उतारचढावका बीच बिहीबार परिसूचक २८०० बिन्दुसम्म उक्लिएको थियो । अन्त्यमा २७४९.५७ बिन्दुमा आएर कारोबार रोकियो ।

    बिहीबार ३२२ कम्पनीको २८ लाख ३४ हजार सेयर खरिदबिक्री भयो । नेप्सेका अनुसार यस दिन कुल १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भयो । नेप्से परिसूचकसँगै यो साता कारोबार रकम पनि घट्यो । आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    मंगलबार १८ अर्ब ४६ करोड र बुधबार १३ अर्ब ४९ करोडको सेयर किनबेच भयो । यो साताको नेप्से परिसूचकको उच्च बिन्दु २८९४ बिन्दु रह्यो । अघिल्लो साता तीन दिनमात्रै सेयर कारोबार भएको थियो । जसमा परिसूचक १० अंकले उक्लिएको थियो । अघिल्लो साताको उच्च बिन्दु २९७४ थियो ।


    अर्थ चौतारी
  • शनिबार, १५ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट