logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • आइएमई लाइफबाट सन नेपाल लाइफमा प्रवेश गरे चौलागाई

    आइएमई लाइफबाट सन नेपाल लाइफमा प्रवेश गरे चौलागाई

    208
    SHARES
    आइएमई लाइफबाट सन नेपाल लाइफमा प्रवेश गरे चौलागाई

    काठमाण्डौ । केही महिना अघि मात्र आइएमई लाइफमा प्रमुख बजार अधिकृतका रूपमा प्रवेश गरेका गणेश चौलागाई सन नेपाल लाइफमा भित्रिएका छन् । चाैलागाईले प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालेको औपचारिक घोषणा सन नेपाल लाइफले आधिकारिक सामाजिक सञ्जालमार्फत गरेको छ।



     

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत पदमा रहेका उनी २५ चैत्र २०८० मा आइएमई लाइफमा सोही जिम्मेवारी सम्हाल्न पुगेका थिए । अहिले पुनः सोही जिम्मेवारीमा उनी सन नेपाल लाइफमा आबद्ध भएका छन् ।

    आइएमईको प्रमुख कार्यकारी अधिकृत पदबाट कवि फुयाँलले राजीनामा दिनु अघि र दिएपछि आइएमई लाइफबाट केही उच्च तहका कर्मचारी सन नेपाल लाइफमा प्रवेश गर्ने योजना सहित राजीनामा गरेका छन् । फुयाँल पनि प्रमुख कार्यकारी अधिकृतका रूपमा सन नेपाल लाइफमा आबद्ध हुने प्रबल संभावना छ।

    जीवन बीमा पेशामा १८ वर्षदेखि सकृय चौलागाईसँग पुनर्बीमा,बीमालेख अनुसन्धान तथा विकास, बजार व्यवस्थापन विभागमा समेत कार्य गरेको अनुभव छ। उनले प्राइम लाइफ इन्स्योरेन्समा शाखा प्रबन्धकको जिम्मेवारीबाट बीमा क्षेत्रमा जागिरे जीवन शुरु गरेका हुन् । प्राइम लाइफमा उनले क्षेत्रिय प्रबन्धक पदको जिम्मेवारी सम्म सम्हालेपछि सानिमा लाइफ इन्स्योरेन्समा आबद्ध भएका थिए । उनले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved