logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि, ४ महिनायता मासिक ५०० अर्बभन्दा बढी कारोबार

    रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि, ४ महिनायता मासिक ५०० अर्बभन्दा बढी कारोबार

    949
    SHARES
    रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि, ४ महिनायता मासिक ५०० अर्बभन्दा बढी कारोबार

    काठमाण्डौ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीचले २०८१ असार मसान्तसम्म ६७३ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ ।



    गत वर्षको तुलनामा यस्तो कारोबार ३८ प्रतिशतले बृद्धि हुँदा कारोबार संख्याको आधारमा पनि ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकाअनुसार गत ४ महिनायता रिटेल पेमेन्ट स्वीचमा मासिक रु. ५०० अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ ।

    जसअनुसार जेष्ठ महिनामा रु. ५७७ अर्ब, बैशाख महिनामा रु. ५२७ अर्ब र चैत्र महिनामा रु. ५१७ अर्ब गरी गत आव मा भुक्तानी कारोबारहरु भएको थियो । यस्तै आव २०८०/८१ मा रिटेल पेमेन्ट स्वीचमार्फत कुल नेरु ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।

    नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार रिटेल पेमेन्ट स्वीचबाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढिरहेको देखिन्छ । २०७८ पौषदेखि एक छुट्टै च्यानलको रुपमा नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीच सञ्चालनमा आएको थियो ।

    सन् २०१७ मा फास्टर पेमेन्ट सिस्टमको रुपमा कार्यान्वयनमा ल्याइएको कनेक्टआइपिएसले मोबाइल एप, वेब तथा गेटवेका च्यानल मार्फत रियल टाइम भुक्तानीको सेवाको थालनी गरेको थियो भने सन् २०२१ डिसम्बर महिनामा नेशनल पेमेन्ट स्वीच अन्तर्गत नन्–कार्ड भुक्तानीहरु फछ्र्यौटका निम्ती यसलाई रिटेल पेमेन्ट भनी एक छुट्टै सिस्टमका रुपमा सञ्चालन गरिएको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved