logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट

    ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट

    26
    SHARES
    ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट

    काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ । उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् ।

    हस्ताक्षरपश्चात् कम्पनीका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरीस्थित आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छूटको लाभ लिन सक्नेछन्।

     

    हालै कम्पनीले ललितपुरस्थित मेडेक्स मल्टीस्पेस्यालिटीमा २० प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, कम्पनीले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, कम्पनीले लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

    कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

    कम्पनीले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट