logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक, क्यामेराको मद्दतबाटै स्वास्थ्यावस्था बुझ्न सकिने

    मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक, क्यामेराको मद्दतबाटै स्वास्थ्यावस्था बुझ्न सकिने

    533
    SHARES
    मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक, क्यामेराको मद्दतबाटै स्वास्थ्यावस्था बुझ्न सकिने

    काठमाण्डौ । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा शुरू गरेको छ । कम्पनीले यो निःशुल्क अफर यही सेप्टेम्बरको अन्त्यसम्म मात्रै उपलब्ध हुने र एपमा दर्ता गर्ने जो कोहीले पनि स्मार्टफोन क्यामेराको मद्दतबाट ५० सेकेन्डमै आफ्नो स्वास्थ्य जाँच गर्न सकिने दाबी गरेको छ ।

    यो सुविधा सरल र सहज भएको मेटलाइफले बताएको छ । कम्पनीका अनुसार फोनको क्यामेराबाट एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरून्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू आदिका बारेमा जानकारी दिन्छ । सम्पूर्ण प्रक्रियामा एक मिनेटभन्दा कम समय लाग्ने र सही नतिजा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक व्यक्तिले वान बाइ मेटलाइफ एप डाउनलोड गरी दर्ता गरेर लग इन गरेपछि सुविधा लिन सक्नेछन् । निः शुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६० हेल्थ आइकनबाट छनौट गरेर प्रयास गर्न सकिने कम्पनीका भनाई छ ।

    यस पहलले मानिसहरूले व्यस्त समयको बावजूद स्वास्थ्य आफ्नो स्वास्थ्य हेरचाहलाई सजिलै र सहज पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । यो सुविधा सीमित समयको लागि मात्रै भएकाले यसको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved