logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • युनाईटेड अजोडले एकै वर्ष दियो डेढ अर्ब दावी भुक्तानी, मोटर र सम्पत्ति बीमामा मात्रै ६६ प्रतिशत

    युनाईटेड अजोडले एकै वर्ष दियो डेढ अर्ब दावी भुक्तानी, मोटर र सम्पत्ति बीमामा मात्रै ६६ प्रतिशत

    195
    SHARES
    युनाईटेड अजोडले एकै वर्ष दियो डेढ अर्ब दावी भुक्तानी, मोटर र सम्पत्ति बीमामा मात्रै ६६ प्रतिशत

    काठमाण्डौ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले डेढ अर्ब दावी भुक्तानी दिएको छ । कम्पनीले ९ हजार बढी बीमालेखमा सो बराबरको दाबी भुक्तानी दिएको हो ।



    कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ मा १ अर्ब ४९ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । कम्पनीले ९ हजार १६९ वटा बीमालेखमा सो बराबरको दावी भुक्तानी दिएको छ ।

    कम्पनीका अनुसार गत आवमा ९ हजार १२० वटा बीमालेखको १ अर्ब ४२ करोड ३४ लाख ६ हजार रुपैयाँ बराबरको दावी परेको थियो । गत आवमा कम्पनीले २ अर्ब ७२ करोड ७२ लाख ६६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ । नाफामा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको तुलनामा २ गुणा अर्थात् १०८ प्रतिशत बढी हो ।

    तर, गत आवमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ३४ करोड ५६ लाख ६ हजार रुपैयाँ बाँकी छ । यसमा कोरोना बीमाको भने ७६ करोड ४६ लाख ५२ हजार रुपैयाँ बाँकी रहेको कम्पनीले जनाएको छ । कोरोना बीमाको ३ हजार ६३६ सहित १ हजार ९७ वटा बीमालेखमा भुक्तानी हन् बाँकी देखिएको छ ।

     

    मोटर र सम्पत्ति बीमामा झन्डै एक अर्ब भुक्तानी
    कम्पनीले गत आवमा मोटर र सम्पत्ति बीमाको दावीमा झन्डै एक अर्ब भुक्तानी दिएको छ । गत आवमा यी दुई बीमा अन्तर्गत कम्पनीले ९८ अर्ब ४६ करोड बढी भुक्तानी दिएको हो ।

    गत आवमा सर्वाधिक मोटर बीमामा ६८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । कम्पनीले ४ हजार १८ वटा बीमालेखमा सो बराबरको भुक्तानी गरेको जनाएको छ । मोटर बीमा अन्तर्गत व्यवसायिक सवारी तर्फको १ हजार ७१८ वटा बीमालेखमा ३७ करोड ७३ लाख १३ हजार रुपैयाँ भुक्तानी दिएको छ । निजी प्रयोजनको सवारीका १ हजार ४४७ वटा बीमालेखमा २१ करोड ३९ लाख २४ हजार रुपैयाँ भुक्तानी दिइएको कम्पनीले जनाएको छ । यता, मोटरसाइकलको भने ८५३ वटा दावीमा ९ करोड ४५ लाख ४६ हजार रुपैयाँ भुक्तानी दिइएको छ ।

    गत आवमा कम्पनीले २९ करोड ८८ लाख ८३ हजार रुपेयाँ बराबरको सम्पत्ति बीमामा दावी दिएको छ । कम्पनीले १९१ वटा बीमालेख सो बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीका अनुसार सम्पत्ति इन्स्योरेन्स तर्फ २२ करोड २९ लाख (१५४ वटा बीमालेख), घर बीमा १५ लाख ७४ हजार, अन्य प्रोपर्टीमा ७ करोड ४३ लाख र अन्य बीमा अन्तर्गत १७ हजार दावी भुक्तानी दिइएको छ।

    यस्तै, गत आवमा इञ्जिनियरिङ तथा ठेक्का बीमामा २२ करोड ९० लाख ८६ हजार, कृषि बीमामा ११ कारेड ७९ लाख १३ हजार, सामून्द्रिक तर्फ २ करोड ७९ लाख ६६ हजार, लघुबीमा १ लाख ९८ हजार दावी भुक्तानी दिएको कम्पनीले जनाएको छ । विविध बीमा अन्तर्गत भने कम्पनीले १३ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । यस्तो बीमा अन्तर्गत कम्पनीले २ हजार ६०० वटा बीमालेखमा भुक्तानी दिइएको कम्पनीले जनाएको छ।


    अर्थ चौतारी
  • बिहिबार, २० भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved