logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, जसले तिरे ९२ करोड कर

    शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, जसले तिरे ९२ करोड कर

    234
    SHARES
    शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, जसले तिरे ९२ करोड कर

    काठमाण्डाै । शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । उनले ९२ करोड रुपैयाँ कर तिरेका छन् । फर्च्युन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ।



    किंग खानपछि यो सूचीमा तमिल सुपरस्टार थालापथी विजय छन् । उनले ८० करोड रुपैयाँ कर जम्मा गरेका छन् । यस लिस्टको टप ५ मा अमिताभ बच्चन र सलमान खान परेका छन् । भारतीय खेलाडीमा कोहली सबैभन्दा अगाडि छन् ।

    कर तिर्ने मामिलामा आमिर खान करिना कपूर, कपिल शर्मा र पंकज त्रिपाठीभन्दा पछि छन् । पंकजले ११ करोड र आमिरले १० करोड कर तिरेका छन् । अक्षय कुमार टप–२० बाट बाहिरिएका छन् ।

    एक वर्षमा शाहरुखको सम्पत्ति १३ सय करोड वृद्धि
    सन् २०२३ मा शाहरुख खानको कुल सम्पत्ति १३०० करोडले बढेको थियो । फोर्ब्सका अनुसार सन् २०२२ मा शाहरुखको कुल सम्पत्ति ५११६ करोड रुपैयाँ थियो, जुन जवान र पठानको सफलतापछि ८ प्रतिशतले बढेको छ। शाहरुखको फिल्म पठानले १०५० करोड कमाएको थियो ।

    टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार शाहरुखले यशराज प्रोडक्सनसँग फिल्म पठानका लागि ६० प्रतिशत नाफा बाँडफाँड गर्ने सम्झौता गरेका थिए । यसबाहेक उनले फिल्मका लागि १०० करोड पारिश्रमिक लिएका थिए ।

    फिल्म जवान शाहरुख खानको प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्टले निर्माण गरेको हो । यस्तो अवस्थामा उनले ओटीटी र च्यानल राइट्सबाट पनि प्रत्यक्ष नाफा पाए । अब शाहरुख खानको कुल सम्पत्ति ६४११ करोड रुपैयाँ पुगेको छ, जससँगै शाहरुख खान विश्वका चौथो धनी अभिनेता बनेका छन् । कमाईको मामिलामा शाहरुख खानले ज्याकी च्यान (३३५९ करोड) र टम क्रुज (५०३९ करोड) लाई पछि पारेका छन् ।

    करिना कपुर धेरै कर तिर्ने महिला सेलेब्रेटी
    करिना कपुर सबैभन्दा बढी कर तिर्ने महिला सेलिब्रेटी बनेकी छिन् । अभिनेत्री कपुरले आर्थिक वर्ष २०२४ मा २० करोड रुपैयाँ कर तिरिन् । यो सूचीमा उनी शाहिद कपूर र साउथ स्टार मोहनलाल भन्दा माथि छन्, जसले १८ करोड कर तिरेका छन् । कमेडियन कपिल शर्मा २६ करोड कर तिरेर यो सूचीमा ११ नम्बरमा छन् ।

    टप २० मा पनि परेनन अक्षय
    अक्षय कुमारको नाम फर्च्युनको सूचीको शीर्ष २० मा पनि परेको छैन। गत वर्ष अर्थात आर्थिक वर्ष २०२२–२३ मा उनले २५ करोड रुपैयाँ कर तिरेका थिए । उनी २०२३ मा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी पनि थिए। यसका लागि उनलाई आयकर विभागबाट सम्मान पत्र प्रदान गरिएको थियो।

     


    अर्थ चौतारी
  • बिहिबार, २० भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved