logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • आजदेखी नेपाल टेलिकमको नेटवर्कमा टिकटक चल्ने

    आजदेखी नेपाल टेलिकमको नेटवर्कमा टिकटक चल्ने

    377
    SHARES
    आजदेखी नेपाल टेलिकमको नेटवर्कमा टिकटक चल्ने

    काठमाण्डौ । यदी तपाँई नेपाल टेलीकमको प्रयोगकर्ता हो ? यदी हो भने आजदेखी तपाँईको मोवाइलमा ढुक्कले टिकटक चल्नेछ । नेपाल सरकारको लगानी रहेको नेपाल टेलिकमले टिकटकमाथीको प्रतिवन्ध हटाएरको छ ।

    सरकारले सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको हो ।

    नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो ।

    टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुले यसअघिदेखीनै टिकटकमाथीको प्रतिवन्ध हटाइसकेका छन् ।


    अर्थ चौतारी
  • आइतबार, २३ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट