काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचतको साटो अचल सम्पत्तिलिन चाहने ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्तासँग निवेदन माग गरेको छ।
भक्तपुरको साविकको गुण्डु गाविसमा रहेको जग्गाहरुमध्येबाट जग्गा लिन चाहने बचतकर्तालाई निवेदन दिन कार्यालयले भनेको छ। आज सूचना जारी गर्दै कार्यालयले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदाबी फिर्ता गर्न चाहेमा १५ दिनभित्र निवेदन पेश गर्न सूचित गराएको छ।
‘उक्त सहकारी संस्थाको विभिन्न ऋणीहरुको नाममा भक्तपुर जिल्ला साविक गुण्डु गाविसमा रहेका जग्गाहरुमध्येबाट यस कार्यालयमा मागदाबी पेश गरेका मागदाबीकर्ताहरुले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदाबी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय, बुद्धनगर, काठमाण्डौमा निवेदन पेश गर्नुहुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ’,सूचनामा उल्लेख छ।
अर्थ चाैतारी ।