logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा

    चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा

    871
    SHARES
    चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा

    काठमाण्डौ । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने जसको मूल्य रु ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्वचालित ड्राइभिङ र SEPA 2.0 प्रविधिहरू ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।



     

    एक्सपेङ जी६ मा 440nm टर्क, 190kW पावर र 435km रेन्ज जस्ता विशेषताहरू छन्। साथै यसको ब्याट्री क्षमता 66 kWh छ र यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा 50-50 लोड अनुपात रहेको कम्पनीले जनाएको छ । थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल रहेको जनाइएको छ ।

     

    सो गाडीको बुकिङ र टेस्ट राइडका लागि थापाथली शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २७ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved