logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • दीपल एक्सचेन्ज कानिर्भलको आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

    दीपल एक्सचेन्ज कानिर्भलको आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

    546
    SHARES
    दीपल एक्सचेन्ज कानिर्भलको आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

    काठमाण्डौ । नेपालका लागि चांगान तथा दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दीपल एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएकाे छ । आगामी साेमबारदेखि बिहीबारसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा एक्सचेन्ज कानिर्भल हुन लागेकाे हाे ।



    कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर दीपलका नयाँ इभी खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । एक्सचेन्ज कार्निभलमा प्रि–बजेट ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको निकै रुचाइएको प्रिमियम इभी एस ०७ खरिद गर्न सक्नेछन् । ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने पनि कम्पनीले जनाएकाे छ । कम्पनीले एक्सचेन्ज बोनस पनि दिने जनाइएकाे छ ।

    यसबाहेक कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज पाइनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर उपलब्ध हुनेछ । साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन् ।

    नेपालमा एमएडब्लु वृद्धिले दीपल एस ०७ र एल ०७ गरी दुई मोडल बिक्री गर्दै आएको छ । यी इभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् । पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस ०७ लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved