logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश घोषणा, प्रिमियममा एफपीओ जारी गर्ने

    नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश घोषणा, प्रिमियममा एफपीओ जारी गर्ने

    663
    SHARES
    नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश घोषणा, प्रिमियममा एफपीओ जारी गर्ने

    काठमाण्डौ । नेपाल ल्यूव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत लाभांश वितरण गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गते ग ३३औँ वार्षिक साधारण सभा ललितपुरमा बोलाएको छ । कम्पनीको सभाले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चौतारी
  • शनिबार, २९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट