logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • स्काईवेलको आधिकारिक बिक्रेता जी मोटर्स हो, एलआरआर ग्रुपविरूद्ध कानुनी उपचार खोज्ने

    स्काईवेलको आधिकारिक बिक्रेता जी मोटर्स हो, एलआरआर ग्रुपविरूद्ध कानुनी उपचार खोज्ने

    247
    SHARES
    स्काईवेलको आधिकारिक बिक्रेता जी मोटर्स हो, एलआरआर ग्रुपविरूद्ध कानुनी उपचार खोज्ने

    काठमाण्डौ । जी मोटर्सले नेपालका लागि स्काईवेलको आधिकारीक बिक्रेता आफू रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै २०८० सालको नाडा अटो शोदेखि नै स्काईवेल ब्राण्डको प्यासेन्जर कार तथा एसयुभी प्रडक्टको प्रचारप्रसार तथा बिक्री वितरण जी मोटर्सले गरिरहेकाले भ्रममा नपर्न आग्रह गरेको हो ।



    एलआरआर मोटर्स र एलआरआर ग्रुपले स्काईवेलको आधिकारीक आयातकर्ता आफू रहेको भन्दै मूल्यसूची नै सार्वजनिक गरेको थियो । एलआरआरको उक्त गतिविधिबारे आफ्नो ध्यानाकर्षण भएको समेत जी मोटर्सले जनाएको छ ।

    स्काईवेल उत्पादक कम्पनी एवम् एक्स्पोर्ट डिभिजनले नेपालमा जी मोटर्सबाहेक अन्यले आधिकारिक बिक्रेताको जिम्मेवारी नपाएको दाबी जी मोटर्सले गरेको छ । साथै लिखित जानकारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको जी मोटर्सले बताएको छ ।

    ‘बजारमा ग्राहकलाई भ्रम फैलाउने, जी मोटर्सको ख्यातिलाई असर पुर्‍याउने, अर्बाैंको लगानी डुबाउने प्रपन्च गर्ने कार्य नगर्न एलआरआर ग्रुपलाई अनुरोध छ,’ जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बावु गेलालले भने, ‘यस्ता गैरकानुनी कार्य गर्ने, झुठो सम्झौतालाई आधार बनाई वाणिज्य विभागसँगको मिलोमतोमा स्काईवेलका प्यासेन्जर कार तथा एसयुभी आयात गर्ने प्रयास गर्नु आफैमा गैरकानुनी छ ।’

    प्रबन्ध निर्देशक गेलालले मूल्यसूचीको बारेमा भ्रामक सिर्जना गरेकोले कानुनी उपचारमा जाने बताए । असल नियतले कार्य गर्ने व्यवसायीलाई सरकारले सधैं संरक्षणको नीति लिनुपर्ने उनको भनाइ छ । साथै यस्ता भ्रामक सूचनाले व्यावसायिक वातावरणमा खलल पुग्ने ग्रुपको भनाइ छ ।


    अर्थ चौतारी
  • शनिबार, २९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved