logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • सरकारले ६ जना प्रशासकलाई गर्‍यो सरुवा, बढुवा र कायममुकायम मुकरर

    सरकारले ६ जना प्रशासकलाई गर्‍यो सरुवा, बढुवा र कायममुकायम मुकरर

    637
    SHARES
    सरकारले ६ जना प्रशासकलाई गर्‍यो सरुवा, बढुवा र कायममुकायम मुकरर

    काठमाण्डौ । सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणी रिक्त पदमा सहसचिव महादेव पन्थलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।



     

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा काम गर्ने गरी सरुवा गरेको छ। उनको गएका ५ महिनामा ४ ठाउँमा सरुवा भइसकेको छ।

     

    यस्तै हरिप्रसाद लम्साललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव बनाएर पठाइएको छ। गोविन्दबहादुर कार्कीलाई सचिव (वाणिज्य तथा आपूर्ति), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ।

     

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेल (शर्मा) लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय भएको छ। निर्वाचन आयोगका सहसचिव रघुराम विष्टलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

     

    सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भूकम्प पछिको पुनःनिर्माण कार्यक्रमको आव २०८१/८२ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, अन्तरिम रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने, सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायहरूको आर्थिक वर्ष २०८१/८२ को लागि ४७९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, २९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved