logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • भैरहवास्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक प्रगति ५४ प्रतिशत

    भैरहवास्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक प्रगति ५४ प्रतिशत

    715
    SHARES
    भैरहवास्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक प्रगति ५४ प्रतिशत

    बुटवल । भारतसँगको सीमावर्ती नाका भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी(आईसीपी) को काम ५४ प्रतिशत प्रतिशत सकिएको छ । भारतीय निर्माण के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएको छ ।



    २०८० को जेठबाट निर्माण सुरु गरेको कम्पनीले अहिले ५४ प्रतिशत भौतिक प्रगति गरेको परियोजना हेर्ने सङ्घीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । यस्तै अहिले वित्तीय प्रगति ५२ प्रतिशत भएको आयोजनाले जनाएको छ । कम्पनीले २ वर्षमा सक्ने गरी २०८० जेठमा सम्झौता गरेको थियो ।

    प्रमुख पन्थीले पछिल्लो ६ महिना निर्माणको तीव्र रूपमा अगाडि बढाएकोले तोकिएको म्यादभित्र सक्ने अपेक्षा गरेको खुलाए । हालसम्म १० वटा भवनको ५० प्रतिशत निर्माण सकिएको छ भने दुईवटा भवनको काम फिनिसिङको चरणमा पुगेको छ ।  त्यस्तै, पार्किङतर्फ काम भइरहेको छ ।

    आयोजना प्रमुख पन्थीकाअनुसार भारतीय कम्पनीसँग उपकरणहरू धेरै रहेकाले अव सन् २०२५ को जनवरीसम्म लक्ष्य पुराउने विश्वास लिएको बताए । दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ ।

    भारु १ अर्ब ६१ करोड ७५ लाखमा निर्माण भइरहेको आईसीपीमा एकै पटक ६ सय ५२ ट्रक सामान आयात र २ सय ७० ट्रक निर्यात गर्न सक्ने कार्गो पार्किङस्थल निर्माण भइरहेको छ । आईसिपी निर्माणपछि दैनिक ८ सय ५० वटासम्म मालवाहक सवारी सहजै आवतजावत गर्न सक्ने छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले एकीकृत भन्सार चौकी निर्माण भएपछि नेपाल र भारत दुवै देशमा व्यावासायीलाई सहज हुने रातोपाटीलाई बताए ।


    अर्थ चौतारी
  • शनिबार, २९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved