logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

    विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

    585
    SHARES
    विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

    काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।



    नेपाल र संयुक्त राज्य अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सातौँ सम्मेलनको उद्घाटन समारोहमा सोमबार उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा व्यक्त गरे । ‘नेपालको भूपरिवेष्टित स्थिति र आर्थिक स्थितिले हाम्रो अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको छ’, उनले भने ।

    दुवै देशका व्यापारिक समुदायबिच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । ‘यी क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाको सहयोग अमूल्य हुनेछ, किनकि हामी हाम्रो व्यापार सम्बन्ध बढाउन र पारस्परिक ‘ड्राइभ’ गर्न प्रयास गर्दछौँ, ’ उनले भने ।

    बैठकलाई सफल तुल्याउन अमेरिका सरकार र काठमाडौँस्थित अमेरिकी राजदूतावासको अटुट सहयोग र प्रतिबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरे । ‘नेपालको व्यापार र लगानीसम्बन्धी यस महत्त्वपूर्ण संवादका लागि हामी एकसाथ आउँदा सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी छ, हामी हाम्रो व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौँ’, मन्त्री भण्डारीले भने ।

    सम्मेलन दुई देशबिच जारी संवाद र सहकार्यमा महत्त्वपूर्ण हुने र सो कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबिचको व्यापार सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।


    अर्थ चौतारी
  • सोमबार, ३१ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved