logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायाे कर्जाको ब्याज

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायाे कर्जाको ब्याज

    611
    SHARES
    स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायाे कर्जाको ब्याज

    काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगतको स्थिर राखेको छ भने संस्थागतमा भने घटाएको हो । यसअघि भदौमा संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले भदौमा पनि सोही ब्याजदर थियो । बैंकको आधार दर ६.२२ प्रतिशतमा झरेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । यसअघि बैंकको आधार दर ६.३८ प्रतिशत थियो ।


    अर्थ चौतारी
  • मंगलबार, १ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved