काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने तर्क राखेका छन् । बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने तर्क राखेका थिए । उनले भने ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ ।
उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन ।’
उनले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए । ‘मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ । खाद्य स्वास्थ्यको मुख्य विषय हो मन्त्री पौडेलले भने ।
साथै फरक प्रसंगमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् ।