logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • एनएमबि बैंक: विद्युतीय सवारीमा ८.८९% निश्चित ब्याजदरको ‘सुलभ अटो लोन’ योजना

    एनएमबि बैंक: विद्युतीय सवारीमा ८.८९% निश्चित ब्याजदरको ‘सुलभ अटो लोन’ योजना

    546
    SHARES
    एनएमबि बैंक: विद्युतीय सवारीमा ८.८९% निश्चित ब्याजदरको ‘सुलभ अटो लोन’ योजना

    काठमाण्डौ । एनएमबि बैंकले दिगो भविष्य निर्माणका लागि विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘सुलभ अटो लोन’ योजना सार्वजनिक गरेको छ। इन्धन खर्चमा बचत गर्न चाहने र वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न चासो राख्ने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले विद्युतीय सवारी खरिदमा विशेष सुविधा दिने योजना ल्याएको हो।



    यस योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्मको लागि ८.८९ प्रतिशत निश्चित ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन्। अफरका अनुसार यो योजना विद्युतीय सवारी साधनहरूमा लागू हुनेछ, जसमा ग्राहकले न्यूनतम ब्याजदरमा सुलभ रूपमा लोन सुविधा पाउन सक्छन्। यस योजना विशेषगरी व्यक्तिगत विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध गराइएको हो।

    बैंकले यो अफरलाई विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिँदै दिगो विकासको लक्ष्यमा योगदान पुर्याउने उद्देश्यले ल्याएको हो। विद्युतीय सवारीले न्यून प्रदूषणको लाभ दिन्छ भने इन्धनको लागत पनि बचत हुन्छ, जसले वातावरण संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्छ। विद्युतीय सवारीको बढ्दो आकर्षणसँगै यस अफरले ग्राहकहरूलाई सजिलै लोन सुविधा उपलब्ध गराउने भएको छ।


    अर्थ चौतारी
  • बुधबार, २ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved