logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

    सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

    468
    SHARES
    सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

    काठमाण्डौ । सरकारले बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । जसमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी ७ रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा प्रतिकेजी ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

    काठमाण्डौ उपत्यका ४ स्थानहरू (थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको विक्री कक्षहरू राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछन् ।


    अर्थ चौतारी
  • बिहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved