logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

    कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

    221
    SHARES
    कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

    काठमाण्डौ । नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा शनिबार राजधानीस्थित एक होटेलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।

    सम्मेलनमा एसियाका सबैजसो देशमा निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कारोबार गर्ने संस्थाहरूको सहभागिता रहने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । उक्त सम्मेलनमा एसियाली राष्ट्रमा सुरक्षण कारोबारसम्बन्धी काम गर्ने संस्थाको सुदृढीकरण, जोखिम न्यूनीकरण, समग्र क्षमता अभिवृद्धि र आपसी सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

    सम्मेलनमा करिब १३० जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको सीईओ घिमिरेको भनाइ छ । कोष नेपालको सुरक्षण कारोबारसम्बन्धी एकमात्रै आधिकारिक निकाय हो । यसले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको पाँच लाखसम्मको निक्षेप तथा कृषि, विपन्न वर्ग लगायत प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाहित कर्जाको सुरक्षणसम्बन्धी कारोबार गर्दै आएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved