logo

२०८२ जेष्ठ ८ बुधबार

logo
  • बुधबार, ८ जेष्ठ २०८२
  • आज शेयर बजारमा २२.३६ अंकको गिरावट, ४ अर्ब ५ करोड माथिको शेयर कारोबार

    आज शेयर बजारमा २२.३६ अंकको गिरावट, ४ अर्ब ५ करोड माथिको शेयर कारोबार

    676
    SHARES
    आज शेयर बजारमा २२.३६ अंकको गिरावट, ४ अर्ब ५ करोड माथिको शेयर कारोबार

    काठमाण्डौ । आज शेयर बजारमा २२ दशलमव ३६ अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ३६ अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ ।



     

    आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोका लगानीकर्ताले ५ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • आइतबार, १३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved