logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई सम्मान

    महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई सम्मान

    533
    SHARES
    महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई सम्मान

    काठमाण्डौ । नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । असाेज ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३,  नख्खुखोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो ।

    आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई रु. १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

    साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


    अर्थ चौतारी
  • आइतबार, १३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved