logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • घटस्थापनादेखि हिमालयन इन्टरनेशनल एक्सपो

    घटस्थापनादेखि हिमालयन इन्टरनेशनल एक्सपो

    247
    SHARES
    घटस्थापनादेखि हिमालयन इन्टरनेशनल एक्सपो

    काठमाण्डौ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यही असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू समावेश हुनेछन् ।



    काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुनेछन् ।

    यस्तै, पस्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए । नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई

    विश्व बजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ । यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४-६ मा लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ । बीटूबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठुलो प्रदर्शनी हो ।


    अर्थ चौतारी
  • सोमबार, १४ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved