काठमाण्डौ । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
सोमबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन, बैंकिङ समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।