logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • भारतमा एकै महिना ३५ लाख विवाह हुँदै, ५९ खर्बको व्यापार हुने

    भारतमा एकै महिना ३५ लाख विवाह हुँदै, ५९ खर्बको व्यापार हुने

    130
    SHARES
    भारतमा एकै महिना ३५ लाख विवाह हुँदै, ५९ खर्बको व्यापार हुने

    काठमाण्डौ । भारतमा आगामी नोभेम्बरदेखि विवाहको सिजन सुरु हुँदैछ । यस पटक विवाह समारोह नोभेम्बर १२ देखि १६ डिसेम्बर २०२४ सम्म चल्ने छ । यस अवधिमा भारतभरि करिब ३५ लाख विवाह हुने अनुमान गरिएको छ । यी विवाहमा कुल ४२ खर्ब ५० अर्ब भारु खर्च हुने अनुमान गरिएको छ ।

    कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) ले गरेको एक अध्ययन अनुसार भारतको खुद्रा क्षेत्र (जसमा सामान र सेवा दुवै समावेश छ) ले यो विवाह सिजनमा ५९ खर्ब रुपैयाँको व्यापार गर्ने अनुमान गरेको छ । देशभरि अनुमानित ३५ लाख विवाहको साथ यो सिजनले आर्थिक वृद्धिको कोशेढुंगा बन्न सहयोग पुग्ने बताइएको छ । गत वर्ष पनि ३५ लाख विवाह गरेर कुल व्यापार ४२ खर्ब ५० अर्बकै भएको थियो ।

    यो वर्ष बिहे गर्नेको संख्या अलि बढी छ । सन् २०२३ मा ११ वटा बढी विवाह मुहुर्त परेकोमा यस वर्ष १८ वटा मुहुर्त परेका छन् । जसका कारण व्यवसायमा थप वृद्धि हुने अनुमान छ । नयाँदिल्लीमा मात्रै यस सिजनमा ४ लाख ५० हजार विवाहबाट १५ खर्ब रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ । विवाह हरेक वर्गका मानिसबीच हुने गर्छ । तर, सबैले समान खर्च गर्दैनन् । कतिपय विवाहमा करोडौं रुपैयाँ खर्च हुन्छ भने कतिपय विवाह दुई–तीन लाख रुपैयाँमा पनि सम्पन्न हुन्छन् ।

    सीएआईटीका अनुसार यस वर्ष धेरैजसो विवाहमा ३ देखि १५ लाखसम्म खर्च हुनेछ । करिब सात लाख विवाह यस्ता हुनेछन् जसमा २५ लाख रुपैयाँ खर्च हुनेछ । ५०–५० हजार यस्ता विवाह हुनेछन्, जसमा ५० लाख र १ करोडभन्दा बढी खर्च हुनेछ ।

    यस्तै, भारत सरकारले यस वर्ष सुन आयात शुल्क १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । यसले सुनको माग बढ्ने अनुमान गरिएको छ । सुन भारतमा धार्मिक र सामाजिक रूपमा धेरै महत्त्वपूर्ण छ । मानिसहरूले यसलाई लगानीको रूपमा पनि हेर्छन् । सुनको माग बढेसँगै खुद्रा बजारमा पनि बलियो देखिएको छ । जब मानिसहरूले विवाह र चाडपर्वहरूमा खर्च गर्छन्, खुद्रा, अतिथि सत्कार, गहना र अटोमोबाइल क्षेत्रहरू लाभान्वित हुन्छन् । यी सबै क्षेत्रले आर्थिक विकासमा योगदान पुर्याउँछन् ।

    माग बढेसँगै कम्पनीको नाफा पनि बढ्छ । यसले कम्पनीको सेयर मूल्य बढ्ने छ । यसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । भारतमा यो विवाहको सिजन खुसीको समय मात्र होइन, यो अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण छ । विवाहको समयमा हुने खर्च र बढ्दो माग सबै क्षेत्रका लागि फाइदाजनक छ । यसले नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गर्दछ । एजेन्सी


    अर्थ चौतारी
  • सोमबार, १४ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved