logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • नेप्से परिसूचक ११४.७० अंकले बढ्यो, ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार

    नेप्से परिसूचक ११४.७० अंकले बढ्यो, ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार

    377
    SHARES
    नेप्से परिसूचक ११४.७० अंकले बढ्यो, ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार

    काठमाण्डौ । आज नेप्से परिसूचक ११४.७० अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११४.७० अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ ।

    आज २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् ।

    आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

    आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशतकाले बढेको छ । आज ३० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved