काठमाण्डौ । लगातार तीन दिन ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको हो ।