logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ‘किया ईभी –९’ भारतमा १.३ करोडमा लन्चः एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय, यस्ता छन् विशेषता

    ‘किया ईभी –९’ भारतमा १.३ करोडमा लन्चः एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय, यस्ता छन् विशेषता

    234
    SHARES
    ‘किया ईभी –९’ भारतमा १.३ करोडमा लन्चः एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय, यस्ता छन् विशेषता

    काठमाण्डौ । किया इंडियाले आज भारतको बजारमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी किआ ईभी-९ लाई आधिकारिक रूपमा लन्च गरेको छ । कम्पनीले आफ्नो प्रख्यात एमपीभी किया कर्णिवलको चौथो पुस्ताको मोडेल पनि प्रस्तुत गरेको हो ।



    किया ईभी ९ को कन्सेप्ट मोडेल पहिलोपटक गत वर्षको अटो एक्सपोमा प्रस्तुत गरिएको थियो । किया ईभी ९ को जीटी–लाइन ट्रिममा आधारित पूर्ण–लोडेड भेरियन्टलाई लन्च गरिएको छ, जसको प्रारम्भिक मूल्य १।३ करोड ९भारतिय रकम० रुपैयाँ ९एक्स–शोरुम० राखिएको छ । यो एसयूभी कम्प्लिट बिल्ट युनिट मार्फत भारतमा ल्याइएको छ, जसका कारण यसको मूल्य उच्च राखिएको छ।

    साइज र डिजाइन

    किया ईभी ९ को लम्बाइ ५,०१५ मिमी, चौडाइ १,९८० मिमी, र उचाइ १,७८० मिमी छ, जसमा ३,१०० मिमी को व्हीलबेस दिइएको छ । यो एसयूभीको अगाडिको भागमा एल आकारको डिआरएलएस सहित वर्टिकल स्ट्याक्ड एलईडी हेडलाइट्स र क्लोज्ड ग्रिल दिइएको छ । पछाडिको भागमा वर्टिकल एलईडी टेल लाइट्स, स्पॉइलर र डुअल–टोन बम्पर को सुविधा छ ।

    यस एसयूभीमा ६ सिटिङ लेआउट छ, जहाँ दोस्रो पंक्तिमा क्याप्टेन सिट्स दिइएको छ । भित्री डिजाइनमा १२.३ इन्च टचस्क्रीन र उस्तै आकारको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । ड्यासबोर्डमा ४–स्पोक स्टीयरिङ व्हील, इल्युमिनेटेड लोगो र सेन्टर कन्सोल सहितका सुविधाहरू छन् । भित्री रंगमा डुअल–टोन ब्राउन र ब्ल्याक इंटेरियरको उपयोग गरिएको छ ।

    ब्याट्री र पावर

    किया ईभी ९ मा ९९.८किलोवाटको ब्याट्री प्याक छ, जसलाई डुअल इलेक्ट्रिक मोटरसँग जोडिएको छ । यी मोटरले संयुक्त रूपमा ३८४ एचपि पावर र ७०० एनएम टर्क उत्पादन गर्छन् । कम्पनीले एसयूभीले एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय गर्न सक्छ । ०–१०० किमी÷घण्टा गति पुग्न यो एसयूभीलाई ५.३ सेकेन्ड मात्र लाग्छ ।

    किआ ईभी ९ मा इलेक्ट्रिक एड्जस्टमेन्ट, मसाज फङ्क्सन र एड्जस्टेबल लेग सपोर्ट जस्ता सुविधाहरू छन्। यसमा थ्री–जÞोन क्लाइमेट कन्ट्रोल, डुअल इलेक्ट्रिक सनरूफ, १४–स्पिकर मेरिडियन अडियो सिस्टम, र किआ कनेक्ट टेक्नोलोजी जस्ता सुविधा दिइएको छ ।

    सुरक्षामा कियाले भरपूर ध्यान दिएको छ । यसमा १० एयरबैग, ईएससी, हिल डिसेन्ट कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, ३६०–डिग्री क्यामेरा र लेवल–२ एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम जस्ता फिचर्स छन् ।


    अर्थ चौतारी
  • बिहिबार, १७ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved