logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    806
    SHARES
    स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो ।

    बैंकका अनुसार असोज २४ गते बौद्ध, बुटवल, बिरगन्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाण्डौ र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, बिराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ ।

    यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ ।


    अर्थ चाैतारी
  • २०८१ असोज १७, विहिबार
  • सम्बन्धित समाचार