logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • १८ प्रतिशत बोनस शेयर पारित गर्दै सकियो सानिमा रिलायन्स लाइफको साधारणसभा

    १८ प्रतिशत बोनस शेयर पारित गर्दै सकियो सानिमा रिलायन्स लाइफको साधारणसभा

    1K
    SHARES
    १८ प्रतिशत बोनस शेयर पारित गर्दै सकियो सानिमा रिलायन्स लाइफको साधारणसभा

    काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाण्डौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ ।



    सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ ।
    यसका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९।८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।

    त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ ।

    सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभाले पारित गरेको लाभांश पाउनेछन् ।

     


    अर्थ चौतारी
  • बुधबार, २३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved