काठमाण्डौ । नबिल बैंकले देशभरका २९ शाखामार्फत दसैँ बिदामा आलोपालो सेवा दिँदैछ ।
त्यसमध्ये खुम्बु क्षेत्रको पर्यटकीय बजार नाम्चेमा सबै दिन, काठमाडौँको तीनधारास्थित केन्द्रीय कार्यालयको शाखा शनिबारबाहेक हरेक दिन तथा केही शाखा दुई दिन र बाँकी एक दिन खुलाउने गरी कार्यतालिका बनाएको छ ।
यो अवधिमा १० लाखसम्म जम्मा गर्न र २ लाखसम्म निकाल्न पाइने बैंकले जनाएको छ ।