काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउछन् । बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएको बताएको छ ।
सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।