logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • हवाई उद्योगबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    हवाई उद्योगबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    338
    SHARES
    हवाई उद्योगबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    काठमाण्डौ । सरकारले विश्वसनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ।

    मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषगरी सुरक्षित भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय समिति गठन गरेको हो।

    समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा छन्। समितिका सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान छन्।

    समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रहनेछन्।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक ४, आइतबार
  • सम्बन्धित समाचार