logo

२०८२ जेष्ठ ९ बिहिबार

logo
  • बिहिबार, ९ जेष्ठ २०८२
  • निप्स नवलपुर च्याप्टरले गर्यो रक्तदान कार्यक्रम

    निप्स नवलपुर च्याप्टरले गर्यो रक्तदान कार्यक्रम

    845
    SHARES
    निप्स नवलपुर च्याप्टरले गर्यो रक्तदान कार्यक्रम

    काठमाण्डौ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए।



    रक्तदान कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो । कुल ३४ जना रक्तदाताले रक्तदान गरेका थिए । जसमा ६ जना महिला र २८ जना पुरुष रहेका थिए। यस कार्यक्रममा विशेष गरी रगत अभाव भएका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यले रगत सङ्कलन गरिएको अध्यक्ष सुवेदीने बताए ।

    कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पुर्याउने र यसले रगत आवश्यकतामा रहेका बिरामीहरूलाई तुरुन्त सहयोग पुर्याउने विश्वास गरिएको छ । कार्यक्रम संयोजक जगत ढकालले निप्स नवलपुरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता जनाए ।


    अर्थ चौतारी
  • सोमबार, १२ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved