logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश वितरण नगर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश वितरण नगर्ने

    1.2K
    SHARES
    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश वितरण नगर्ने

    काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

    बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    बैंकले उक्त आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

    निगमनकारी निकायको निर्देशनबमोजिम छुट्याउनुपर्ने रकमपश्चातको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ हालका लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दैै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक १४, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट