logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी

    विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी

    767
    SHARES
    विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी संगठनले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन् ।

    प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बुधवार ऊर्जामन्त्री दीपक खड्कालाई ज्ञापनपत्र पठाउँदै आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत् वितरण विनियमावलीमा रहेका व्यवस्थाहरूको अक्षरशः पालना गर्न गराउन आग्रह गरेका छन् ।

    यस्तै बक्यौता महसुल बुझाउन बाँकी रहेका ग्राहकहरूलाई समेत यथाशीघ्र महसुल तिर्ने वातावरण निर्माण गरी डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल विवादलाई स्थायी रुपमा समाधान गर्न सहजीकरण गर्न समेत मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

    462557170_434750419331796_3278631927821249291_n


    अर्थ चौतारी
  • बुधबार, १४ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved