images
images

सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने मन्त्रिपरिषदकाे निर्णय (पूर्णपाठसहित)

images
images

काठमाण्डौ । सरकारले सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने भएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएकाे जानकारी दिए ।

यसैगरी, सरकारले समस्याग्रस्त सहकारी कार्यालयका लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण स्वीकृत गरेको छ ।

images

त्यस्तै, नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि भएकाे छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१) नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान गर्ने

२) नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब ०।२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने।

३) नेपाल प्रहरी रिक्त भएको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगञ्जमा पदास्थापना गर्ने।

४) राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी वाकुवमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धि महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागि हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने।

५) समस्याग्रस्त सहकारी कार्यालयको लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने।

६) भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमशः हरि प्रसाद रिजाल पुठान,सनतकुमार कार्की, जाजरकोट, गुन्जबहादुर खड्का महोतरी, कृष्ण प्रसाई झापा, डा. जगतबहादुर बस्नेत सिन्धुपाल्चोक, टेकबहादुुर साह कैलाली र गोवर्धन कोली दार्चुला, आरती भण्डारी तनहुँ महिला सदस्य।

७) माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातारण मन्त्रालयलाई स्वीकृत दिने।

८) नेपाल संस्कृत विश्व विद्यालयको जग्गा तथा सम्पति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने।

९) कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा मर्डिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई भ्रमण स्वीकृत दिने।

१०) युनाइनेट नेशसन हुमान प्रागाममा कायरोमा सहभागी हुन पोखरामा मेयर धनराज आर्चायलाई स्वीकृत गर्ने।

१) सम्पति शुद्धिकरण नियमावली २०८१ स्वीकृत।

१२) विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत।