logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • विन्ध्यावासिनी हाइड्रोपावरले ८% लाभांश पारित गर्न गर्दैछ साधारणसभा

    विन्ध्यावासिनी हाइड्रोपावरले ८% लाभांश पारित गर्न गर्दैछ साधारणसभा

    273
    SHARES
    विन्ध्यावासिनी हाइड्रोपावरले ८% लाभांश पारित गर्न गर्दैछ साधारणसभा

    काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थका लागि कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउनेछन्।



    कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको हो । कम्पनीले आउँदो मंसिर ६ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

    सभाले कम्पनी ऐनबमोजिम कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरक्षिकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।


    अर्थ चौतारी
  • शनिबार, १७ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved