logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • नेपाल लाइफले किन्यो हेटौडामा झन्डै १८ करोडको ६० धुर जग्गा

    नेपाल लाइफले किन्यो हेटौडामा झन्डै १८ करोडको ६० धुर जग्गा

    1.4K
    SHARES
    नेपाल लाइफले किन्यो हेटौडामा झन्डै १८ करोडको ६० धुर जग्गा

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ६० धुर जग्गा खरिद गरेको छ । कम्पनीले आफ्ना व्यवसायिक प्रयोजनका लागि मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका– ४ मा जग्गा खरिद गरेको हो ।

    कम्पनीले कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि गत कार्तिक १४ गते जग्गा खरिद गरेको कम्पनीले जनाएको छ । हेटौडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको कित्ता नं. १०४६७, १५८८७, १५८८८, १०४६९ र १०४६६ को भवन सहितको ६० धुर क्षेत्रफल जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम सो जग्गा खरिद गरेको हो । रजिष्ट्रेशन शुल्क ७९ लाख ५१ हजार ५०० सहित १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँमा जग्गा खरिद गरिएको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक २१, बुधबार
  • सम्बन्धित समाचार