logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री 

    प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री 

    637
    SHARES
    प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री 

    काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसलनमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका सुमितबाबु खत्री प्राइम कमर्सियल बैंकमा डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका छन्।



    एक महिनाअघि सिटिजन बैंकबाट बाहिरिएका खत्री प्राइममा कात्तिक २० देखि लागू हुने गरी डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका हुन्।

    खत्रीले सिटिजन्स बैंकमा २ दशक बढी बिताएका थिए। करिब २४ वर्षको बैंकिङ अनुभव रहेका खत्रीले सिटिजन्स बैंकमा १९ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरेका थिए।

    खत्रीले संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एसएमई युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिटको प्रमुखको जिम्मेवारी वहन गरेका थिए। खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन्।


    अर्थ चौतारी
  • बुधबार, २१ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved