काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारका लागि आउँदो शुक्रवारदेखि चैत १८ सम्म पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको हो ।
धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टा काम गर्दा करिब ५ महिना लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।
गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।