logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • रिलायन्स स्पिनिङ्ग मिल्सले कात्तिक २९ गते साधारणसभा गर्ने

    रिलायन्स स्पिनिङ्ग मिल्सले कात्तिक २९ गते साधारणसभा गर्ने

    923
    SHARES
    रिलायन्स स्पिनिङ्ग मिल्सले कात्तिक २९ गते साधारणसभा गर्ने

    काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले यही कात्तिक २९ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

    कम्पनीको कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिस्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको छ ।

    सभाले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिको अनुमोदन गर्नेछ ।

    सभाले कम्पनी ऐनको दफा १०५ उपदफा १ को ‘ग’ कार्यान्वयन गर्ने उल्लेख छ । उक्त दफाको उपदफामा कम्पनीको कर्मचारी वा आफ्नो वर्गमा एक लाख रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ, सो रकमभन्दा बढी रकमको चन्दा, अनुदान वा दान दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

    यस कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेपनि मूल्य उच्च भएको विरोधपछि हाल स्थगित गरिएको छ । सरकारको निर्देशनमै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डले स्थगित गरेको हो ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक २२, विहिबार
  • सम्बन्धित समाचार